१२ बुँदे समझदारीको पृष्ठभूमि नबुझी टीआरसी बुझिन्न
संक्रमणकालीन न्याय अर्थात् टीआरसीको चर्चा–परिचर्चा यतिबेला फेरि चुलिएको छ । प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभामा टीआरसी बारे सम्बोधन गर्नुभयो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा हामी यसलाई इमानदारी साथ कार्यान्वयन गर्छौं भन्नुभयो । जब महासचिव गुटेरेस नेपाल भ्रमणमा आएका थिए, त्यतिबेला प्रतिपक्षमा रहेका उनै ओलीले टीआरसीमा प्रचण्ड इमानदार छैनन् भन्ने अभिव्यक्ति दिएका थिए । तर तिनै प्रचण्ड प्रतिपक्षमा रहेका बेला यो विधेयक पास हुन पुग्यो ।
सत्ता पक्षमा रहँदा टीआरसी विधेयकको कुरा गर्ने, विपक्षमा आएपछि यसलाई अड्काउने दोहोरो भूमिका खेल्ने प्रचलनको अन्त्य भयो । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि प्रचण्डले उक्त विधेयक अड्काएनन् । सायद यसले केही अप्ठ्यारो पारेको र सोको स्पष्टीकरण दिन बाध्य भएका पनि हुन सक्छन् हाम्रा प्रधानमन्त्री ।
जे होस्, धेरैले अनुमान नगरेको माओवादी प्रतिपक्षमा र एमाले प्रधानमन्त्री भएका बखत टीआरसी विधेयक पारित भयो, त्यो पनि सर्वसम्मतिले ।https://www.onlinekhabar.com/2024/10/1548602/trc-cannot-be-understood-without-understanding-the-background-of-the-12-point-agreement



0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home