पार्टी संघीयकरण गराैं
संघीय मुलुकका नेता एकात्मक भइराख्दा समस्या आयो : देवकोटा

काठमाडौँ — राजनीतिक दल, न्यायालय, कर्मचारी र मानसिकतामा संघीयता लागू गर्न नसक्दा नेपालको संघीयता कार्यान्वयनमा समस्या आएको माओवादी केन्द्रका नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले बताएका छन् ।

राजनीतिक दलका नेताहरू केन्द्रीयतामा रमाउने तर मुलुक संघीय व्यवस्थामा गएको हुँदा संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको 'नेपालमा संघीयता र समावेशीकरण : संरचना र अभ्यास' अन्तरक्रिया कार्यक्रममा शनिबार धारणा राख्दै देवकोटाले मुख्यतः राजनीतिक दलहरू शासन व्यवस्थाअनुसार नचल्दा संघीयतामाथि प्रश्न उठेको बताएका हुन् ।
संविधानसभा सदस्यसमेत रहेका देवकोटाले संविधान निर्माणका क्रममा कस्तो संघीयता र कसरी संघीयता भन्नेबारेमा छलफल नहुँदा अहिले कार्यान्वयनमा समस्या देखिएको बताए । 'संविधान निर्माणका बेला संघीयताबारे निष्कर्षमा पुग्दा कस्तो संघीयता र कसरी संघीयता भन्नेमा कुनै बहस छलफल नै भएन । नाम, नक्सा र सीमानाबारे मात्रै छलफल भयो,' उनले भने ।
राजनीतिक दलहरू शक्ति आफूमा केन्द्रित गर्ने हुँदा पनि संघीय व्यवस्था कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ थियो । 'संघीयताको समस्या भनेको राजनीतिक दलहरू संघीयकरण गर्न नसक्नु पनि हो । राज्य संघीय हुनुपर्ने तर राज्य चलाउनुपर्ने नेता र राजनीतिक दल संघीयतामा जान नपर्ने । वडा, स्थानीय तह र प्रदेशको टिकट केन्द्रले बाँड्नुपर्ने' उनले भने, 'कानुनले त प्रदेश समितिले टिकट दिनुपर्ने भन्छ । नेताहरू आफू एकात्मक भइराख्नुपर्ने मुलुकमा भने संघीय व्यवस्था हुनुपर्ने । यसैको लागि पार्टीहरूलाई संघीयकरण गरिएन ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home