The Alternative IDEA
Thursday, November 20, 2025
Tuesday, November 18, 2025
सरकारसँगको अपेक्षा
सरकारसँगको अपेक्षा: सुशासन कुनै एजेण्डा होइन, लोकतान्त्रिक स्थिरता, न्याय र समृद्ध राष्ट्रको आधारशिला हो । पारदर्शिता, जवाफदेहिता, सहभागिता र शक्ति–संयमित संरचनाबिना सुशासनको कल्पना पनि गर्न सकिँदैन । तर, नेपालमा राजनीतिक नेतृत्वको संक्रमण आशाले सुरु र निराशाले अन्त्य हुने चलन जस्तै छ । यही अस्थिरता, अविश्वास र दण्डहीनताले नागरिक जीवन, राज्यका संरचना र...
Monday, November 17, 2025
Sunday, November 16, 2025
पुरानो राजनीतिले बुझ्न नसकेको नयाँ पुस्ताको सोच
https://www.onlinekhabar.com/2025/11/1801067/the-thinking-of-the-new-generation-that-the-old-politics-cannot-understand
नेपाल अहिले राजनीतिक रूपमा अत्यन्तै संवेदनशील चरणमा अनुमानै गर्न नसकिने अस्थिरताबाट गुज्रिइरहेको छ। संविधानसभाबाट बनेको संविधान छ, सोही संविधानको शपथ खाएको सरकार छ। यसको कार्यभार विघटित प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमै गराउनुछ। यद्यपि, यो सरकार संविधानको सरकार बन्ने धारा ७६ बमोजिम बनेको हैन।
वैधताको धरापमा उभिएको सरकार हुनुका नाताले संक्रमणको यो संवेदनशील घडीमा सडकदेखि सरकारसम्म, गाउँदेखि शहरसम्म, सानो नीतिगत निर्णयले पनि अस्थिरता सिर्जना गर्न काफी हुन्छ।
Thursday, November 13, 2025
Saturday, November 1, 2025
चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार
सामाजिक सञ्जाल–आधारित विद्यार्थी/युवा आन्दोलन (जेनजी आन्दोलन) को तीव्र उदयले राजनीतिक संकट उत्पन्न गर्यो । दर्जनौंको ज्यान र अरबौंको धनको नाशपछि प्रधानमन्त्रीको राजीनामा र संसद्को विघटन हुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो ।
हालको अन्तरिम सरकारलाई नियुक्तिका बखत नै राष्ट्रपतिबाट फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यति महत्वको जिम्मेवारी सहित गठन भएको सरकारका कार्यभार के के हुन् ? लेखमा यसबारे चर्चा गरिनेछ ।https://www.onlinekhabar.com/2025/10/1792095/elections-legitimacy-and-geopolitical-tensions-in-the-interim-government




